प्रचण्डलाई विश्वासको मत दिन दलमा देउवाको ‘ह्वीप’

लोकपथ
252
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मत दिन ‘ह्वीप’ जारी गरेका छन् ।

संसदीय दलको बैठकमा उनले दलका सांसदहरुलाई प्रधानमन्त्री प्रचण्डलाई मत दिन निर्देशन दिएका हुन् ।
कार्यसम्पादन समितिको बैठकमा प्रचण्डलाई मत दिने निर्णय गराएर दलको बैठक गराएका उनले सांसदहरुलाई अनिवार्य मत दिन निर्देशन दिएका हुन् ।

सातदलीय गठबन्धन सरकारलाई समर्थन गर्ने देउवाले प्रतिपक्षमा बस्ने विरोधाभाषपूर्ण निर्णय पनि गराएका छन् ।
प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन् । एक जना सांसद भने निलम्बनमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?