काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत मागेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिनका लागि आग्रह गरेका हुन् ।
गत पुस १० गते नेपालको संविधानको धारा ७६(२) बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
उनलाई एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ४ सहित ३ स्वतन्त्र सांसद गरी समेतको समर्थनमा उनी प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया