काठमाडौं । पुलचोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
बुधवार पुलचोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले ‘वी वान्ट जस्टिस’ भन्दै निर्मला पन्तको न्यायका लागि माइतीघरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ‘यो राजनीति हो की, राक्षस निती ?, सरकार भेटियो न्याय भेटिएन, अन्धो मात्र थियो बहिरो पनि भएछ कानून’ विभिन्न प्लेकार्डसहित सरकारको चर्को नाराबाजी गरेका थिए । साथै निर्मलाले न्याय नपाएसम्म आफूहरु आन्दोलित हुने उनीहरुले बताएका छन् ।
सरकार गम्भीर नभए कडा आन्दोलनको चेतावनी दिँदै प्रदर्शनकारी विद्यार्थीहरुले कार्यक्रमस्थलमा विद्यार्थीहरुले कान थुनेर, अनुहारमा कालोपट्टि बाँधेर सरकारको विरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया