शर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । मंगलवार बिहान पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीले प्रधानमन्त्री दाहाललाई शर्तसहित विश्वासको मत दिन लागेको पार्टीका उपमहासचिव एवं पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनले आफ्नो पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनैपनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने बताए । उनले राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयहरुमा सरकारले आवश्यक काम गर्नुपर्ने शर्त रहेको बताए। उनले विश्वासको मत दिएपनि सरकारमा सहभागी भने नहुने बताए ।

उनले भने, ‘हाम्रो केन्द्रिय सचिवालयको बैठकले वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन, विश्वासको मत दिने की नदिने ? भन्ने विषयमा छलफल गरेका छौँ । हाम्रो छलफलले यो सरकारलाई शर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । अहिले विश्वासको मत दिन्छ, हाम्रा एजेण्डाहरु राखिनेछन् । ती एजेण्डाहरु पूरा नगरे कुनैपनि बेलामा त्यहाँबाट फर्किनसक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भुमिका निर्वाह गर्ने निर्णय छ । राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र, आदि धेरै जस्ता विषयहरुमा यसका सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील अथवा महत्वपूर्ण विषयहरुमा पार्टी अध्यक्षले, दलको नेताले बैठकमा, संसदमा आफ्ना विचार राख्नुहुनेछ, त्यसकै आधारमा आफ्ना धारणा बनाउँछौँ ।’

प्रवक्ता खतिवडाले दलका नेता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालले संसदमा राखेका धारणाका आधारमा पार्टीले आफ्नो धारणा बनाउने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?