प्रदेश १ मा मन्त्रालयको संख्या ९ वटा बनाउने सरकारको निर्णय

लोकपथ
0
Shares

विराटनगर । प्रदेश १ सरकारको मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या घटाएर ९ वटामा झार्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले यस्तो निर्णय गरेको हो ।

‘मन्त्रालय धेरै भए मन्त्री धेरै भए भन्ने गुनासो आइरहेको छ, जनगुनासोलाई विचार गरेर हामीले मन्त्रालय संख्या ९ वटामा झार्न आवश्यक प्रक्रिया पूरा गर्ने निर्णय गरेका छौं’ उनले भने ।

यसअघि प्रदेश १ सुरूमा ७ वटा मन्त्रालय थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन बनेपछि मन्त्रालय संख्या बढाएर १३ सम्म पु¥याइएको थियो ।

मन्त्रिपरिषद बैठकले सेवा प्रवाहको अवस्था सुधार गर्न प्रशासन सुधार कार्यदल गठन गर्ने, शीतलहरबाट जोगिन पूर्वतयारी गर्ने लगायतका निर्णय पनि गरेको मन्त्री सिटौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?