काठमाडौं । नेकपा (एमाले) ले आगामी चैत मसान्तभित्र जनसंगठनको राष्ट्रिय अधिवेशन/सम्मेलन गर्न निर्देशन दिएको छ । अधिवेशन/सम्मेलन गर्न बाँकी रहेका त्यस्ता जनसंगठनले तीन महिनाभित्र सकाउनुपर्ने छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रको सहसंयोजक रचना खड्काका एमालेमा राष्ट्रिय युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, पेशागत महासंघ नेपाल, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल, नेपाल खेलकुद महासंघ र रिटर्नी फेडरेशन नेपाल गरी आठ जनवर्गीय संगठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ ।
एमालेको तत्कालीन नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता भइपछि जनवर्गीय संगठनको समयमा हुनुपर्ने राष्ट्रिय सम्मेलन र अधिवेशन हुन सकेका थिएन । उनले जनवर्गीय संगठनलाई केन्द्रीय कमिटी बैठकलगायत विधानले व्यवस्था गरेका स्थानीय तहसम्मका अधिवेशन/सम्मेलन, बैठक, भेला तथा प्रशिक्षण अविलम्ब र नियमित गर्न निर्देशन दिएको बताए ।
जनसंगठन आमजनसमुदायमा पुग्ने भरपर्दाे वर्गीय, सामुदायिक र पेशागत संगठन भएकाले यिनीहरु जति सक्रिय हुन्छन्, त्यति नै पार्टीका पक्षमा जनमत तयार हुने, कार्यकर्ता उत्पादन हुने, विषयगत दक्ष जनशक्ति तयार हुने र सम्बन्धित क्षेत्रका जनसमुदायसँग सम्बन्ध घनिष्ट हुने एमालेले ठहर गरेको छ ।
त्यसैगरी लक्षित समुदायको पहिचान गरी अभियानका रुपमा सदस्यता विस्तारलाई तीव्रता दिने एमालेले जोड दिएको छ । ‘प्रत्येक जनसंगठनका अलग–अलग कार्यक्षेत्र, कार्य–प्रकृति र सरोकार रहेका छ ।
आआफ्नो वर्ग, समुदाय र पेशाका माग र मुद्दालाई बलियो गरी नपरेसम्म बलियो संगठन बनाउन सकिँदैन भन्नेमा हामी स्पष्ट नै छौँ’, एमाले काभ्रेको धुलिखेलमा सम्पन्न भएको जनसंगठन भेलाले आज जारी गरेको घोषणापत्रमा भनिएको छ, ‘अतः पार्टीलाई बलियो बनाउन, आफ्नो संगठनलाई नेता संगठनका रुपमा स्थापित गर्न र आआफ्नो वर्ग, समुदाय र पेशाका हितलाई प्रवर्द्धन गर्नका लागि सिर्जनशील रुपमा क्रियाशील हुने अठोट व्यक्त गर्दछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया