मुख्यमन्त्री अधिकारीले लिए शपथ, तीन जना बिना विभागीय मन्त्री नियुक्त

लोकपथ
221
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

सोमबार मुख्यमन्त्रीमा नियुक्त अधिकारीले साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग शपथ लिएका हुन् ।

मुख्यमन्त्री अधिकारीसँगै तीन जना मन्त्रीले पनि शपथ लिएका छन् ।

मन्त्री बन्नेमा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीतादेवी सुन्दास र राप्रपाका पञ्चराम गुरुङ छन् । उनीहरु तीनै जनाले बिना विभागीय मन्त्रीका रुपमा शपथ लिएका हुन् ।

एमालेका २२, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदसहितको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?