काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले आफ्नो पार्टीे राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा नरहेको बताएका छन् ।
संसदमा बलियो प्रतिपक्ष आवश्यक रहेकाले आफ्नो पार्टीले प्रतिपक्षमा बसेर नै संसदमा भूमिका निर्वाह गर्नुपर्छ भन्ने पक्षमा आफूले वकालत गरिरहेको पनि सांसद पौडेलले स्पष्ट पारे । सोमबार संघीय संसद भवन परिसरमा सरकारलाई विश्वासको मत दिने हो ? भनि सोधिएको सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले संसदीय व्यवस्थामा सहमतीको सरकार भन्ने नै नहुने तर्क गरे ।
उनले प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाएर मुलुकमा विद्यमान सबै खालको बेथितिहरुको अन्त्य गर्न सके कांग्रेसले जनताले अपेक्षा गरे अनुसारको काम गरेको हुने समेत बताए ।
नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने विषयमा निर्णय गर्न भोली (मंगलबार) बिहान पार्टी संसदीय दलको बैठक बोलाएको छ । त्यसमा आफ्नो मत विश्वासको मत नदिने पक्षमा हुने सांसद पौडेलको भनाई थियो ।
उनले भने, ‘प्रतिपक्षको भूमिका हाम्रा लागि अवसर हो । त्यसैले यो अवसरलाई जतिसक्दो प्रभावकारी ढंगबाट हामीले उपयोग गर्न सक्नु पर्दछ । तमाम बेथितिका विरुद्ध हामीले संसदमा आवाजलाई बुलन्द गर्न सक्नु पर्दछ । नेपाली काँग्रेस नयाँ ढंगबाट आएको सन्देश हामीले दिन सक्नु पर्दछ । प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले अदाह गर्ने स्थिति हामीले संसदमा बनायौं भने हामीले जनताप्रति गरेको प्रतिवद्धता पूरा हुनेछ । र, नेपाली काँग्रेसपप्रति अझ बढि आशा गर्ने स्थिति निर्माण हुुन्छ । त्यसैले म चाँही आफ्नो तर्फबाट नेपाली काँग्रेस प्रतिपक्षमै बसेर संसदमा भूमिका गर्नुपर्छ भनेर वकालत गर्दछु । यस्तो व्यवस्थामा सहमतीको सरकार भन्ने हुँदैन । यो व्यवस्था भनको सत्ता हुन्छ । प्रतिपक्ष हुन्छ । यो दुवै संसदमा आवश्यक हुन्छ । त्यसैले सरकार बहुमत पु¥याउनेले निर्माण गर्छ । प्रतिपक्ष बेञ्चमा सरकारलाई खवरदारी गर्ने, संसदलाई प्रभावकारी बनाउने गरी प्रतिपक्षले काम गर्नु पर्छ । त्यसैले यो व्यवस्थाको जुन सौन्दर्य हो, त्यसलाई नै कायम गरेर अघि बढनु पर्दछ । त्यसैले हामी प्रतिपक्षमा बसेर प्रभावकारी भूमिका कसरी अदाह गर्न सकिन्छ ? हाम्रा बीचमा छलफल गरेर अगाडि बढने हो । त्यसैले सहमतीको सरकार निर्माण गर्ने, त्यसका निम्ति यो गठबन्धनलाई सबैले भोट दिने भन्ने हुँदैन । प्रतिपक्षलाई बलियो बनाउने गरी जानु पर्दछ । बहुमत सिद्ध गरेको गठबन्धन पक्षले सरकार चलाउन पाउनु पर्दछ ।’
सांसद पौडेलले प्रतिपक्षलाई बलियो बनाएर आफ्नो पार्टी अघि बढने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया