प्रधानमन्त्रीले भोलि विश्वासको मत लिने

लोकपथ
169
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार विश्वासको मत लिने भएका छन् ।

भोलि बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिने भएका हुन् ।

प्रधानमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

गत पुस ११ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

उनलाई आफ्नो दल नेकपा माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जसपासहित अन्य ३ स्वतन्त्र सांसदको समेत समर्थन रहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?