ओली र प्रचण्डबीच बिग्रहको बिजारोपण भएको गगन थापाको दाबी

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा विघटन प्रतिगमन थियो कि थिएन भन्ने बहस फेरि शुरु भएको भन्दै यसैमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बिग्रह शुरु हुने दाबी गरे ।

प्रतिनिधिसभाको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग थापाले एमाले अध्यक्ष केपी ओलीको सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठ्यारोमा परेको पनि बताए ।

प्रचण्ड र ओलीले बोल्दा एकअर्कालाई समर्थन गरेको तर एउटा अवस्थामा प्रचण्ड अलमलमा परेको भन्दै थापाले भने, ‘(ओलीले) प्रतिनिधिसभा विघटन जनताको पक्षमा थियो, त्यसलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन् भन्दै गर्दा प्रधानमन्त्री टेबल ठोकौं कि नठोकौं भनेर अलमलमा परेको देख्दा चाहिँ सहानुभूति लाग्यो ।’

यो नेपालको संविधान र संवैधानिक व्यवस्थालाई कसरी लिने भन्नेसँग जोडिएको भन्दै उनले भने, ‘आजको पहिलो बैठकमा उहाँहरुले गरेको सम्बोधनले के संकेत गर्छ भने जुन विषय अघिल्लो प्रतिनिधिसभामा उहाँहरु बीचको बिग्रहको कारक बन्यो, यो विषयको बिजारोपण आज भयो र यो नै बिग्रहको कारण बन्छ ।’

उनले सरकारको स्थिरता नै अहिलेको चुनौती भएको भन्दै प्रतिनिधिसभा विघटन गरेकै कारणले अलग भएका नेताहरू समीक्षा नगरी एकजुट भएकाले लामो समय टिक्नेमा आशंका गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?