काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् ।
एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् । प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने सहभागी भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया