काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले देशमा संघीय संरचनाले नेता र मन्त्रीको संख्या मात्र बढाएको बताएका छन् ।
सोमबार संसदको पहिलो बैठकमा बोल्दै नेता केसीले देशको अर्थतन्त्र डामाडोल रहेको बताउँदै संघीयताले देशमा नेता उत्पादन मात्र गरे पनि कुनै विकास दिन नसकेको बताए ।
‘अहिले मुलुकको अर्थतन्त्र डामाडोल भएको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि धेरैले पानी खाँदै वकालत गरेको सुने । भयो त त्यस्तो ?’ उनले भने, ‘देशमा उद्योग कलकारखाना खोल्न नपर्ने भएकालाई निजीकरण गर्ने । संघीय संरचना अनुसार खुलेका कारखाना भनेका मन्त्री र सांसदका मात्र हुन् ।’
त्यसैगरी देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि गणतन्त्रमाथि गणतन्त्रवादीहरुबाटै खतरा रहेको बताए । त्यसका साथै देशमा अफ्ठ्यारोमा रहेको भन्दै सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया