संसदको पहिलो बैठकमा रञ्जिता श्रेष्ठले मागिन् न्याय

लोकपथ
7
Shares

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ टिकापुर घटनाका दोषी रेशम चौधरीको न्यायको लागि अपिल गरेकी छिन् ।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले टिकापुर घटनाको स्थलमै नभएका व्यक्तिलाई थुनामा राख्नु उचित नभएको भन्दै रिहाइको माग समेत गरिन् ।

‘म न्याय खोज्दै संसद भवन आइपुगेको छु ।’ उनले भनिन्,‘ टिकापुर घटना बन्द कोठाभित्र घटाइएको थिएन् । टिकापुर घटनालाई साक्षात रुपमा हजारौँ आँखाहरु थिए, त्यो हजारौँको भीडमै नभएका एउटा माननीय आकृती माननीय रेशम चौधरी र आज पनि निर्दोष थारुहरुलाई थुनेर राखिएको छ ।’

टिकापुर घटनामा सबैभन्दा बढी क्षती चौधरीहरुकै रहेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?