काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बोली र व्यवहारमा सामन्जस्यता आओस् भन्दै प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गरेका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले यसअघिको सरकारबाट सिक्दै वर्तमान प्रधानमन्त्रीले काम गर्नुपर्नेमा जोड दिए ।
‘नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिन चाहान्छु । र उहाँले केही गरेर देखाउने नयाँ ढंगले अघि बढ्ने र नमुना काम गर्ने तथा सबै क्षेत्रमा सुधार गर्ने, आमुल परिवर्तन गरी देखाउनेगरी काम जुन प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यो सबैले महसुस गर्नेगरी परिवर्तनको अनुभूती जनताले गर्नेगरी काम अगाडी बढोस् ।’ उनले भने, ‘बोलि र व्यवहारमा सामनजस्यता आयोस् यही मत भावना व्यक्त गर्दै उहाँको कार्यकालको शुभकामना व्यक्त गर्छु ।’
देशको अर्थतन्त्र संकटग्रस्त भएको भन्दै त्यसलाई न्यूनिकरण गर्नतर्फ सरकार लाग्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया