को हुन् बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेल ?

लोकपथ
455
Shares

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले नियुक्त भएका छन् । जमकट्टेलले सोमबार ७० संसदको समर्थन सहित प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेस गरेसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

को हुन् मुख्यमन्त्री जमकट्टेल ?

२०३० साल भदौमा साविकको किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जमकट्टेल हाल माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज हुन् ।

बि.ए., बि.एल.सम्मको अध्ययन गरेका जमकट्टेलले २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति शुरु गरेका थिए । २०४८ औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष सम्म बने । माओवादी जनयुद्ध शुरु भएपछि उनी त्यसमा निरन्तर क्रियाशील रहे ।

२०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका जमकट्टेल २०६३ सालमा अन्तरिम बिधायक र २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा धादिङ क्षेत्र नम्बर ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेलाई पराजित गरेका थिए ।

यद्यपि त्यसको पैचो पाण्डेले २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा लिएका थिए । ०७४ मा भने जम्कट्टेलले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रभात किरण सुवेदीलाई पराजित गरे । उक्त निर्वाचनमा माओवादी केन्द्र शालिकराम जमकट्टेले २३ हजार ३८२ मत ल्याई प्रदेश सांसदमा विजयी हुँदा उनको प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रभात किरण सुवेदीले १० हजार ४०७ मत ल्याएका थिए ।

गत निर्वाचनमा जमकट्टेल तत्कालीन सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा धादिङ २ को प्रदेश २ बाट विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?