विश्वासको मतका लागि सबै दलका सांसदसँग कुरा गर्न पार्टीका सांसदलाई प्रधानमन्त्रीको निर्देशन

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिलाउनका लागि सबै दलसँग कुरा गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहाल भोलि लिने विश्वासको मतका लागि सकेसम्म बढी सांसदको समर्थन जुटाउने गृहकार्यमा छन् ।

संसदीय दलको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले बैठकमा पार्टी र सांसदहरूसँग पनि व्यक्तिगत कुरा गर्न निर्देशन दिएको जानकारी दिए ।

जानकारी दिँदै पाण्डेले भने, ‘उहाँले सबै दललाई विश्वासको मत लिन पहलका लागि आह्वान गर्नुभएको छ । र, सबै सांसदलाई अन्य दलका सांसदहरूसँग कुरा गर्नका लागि निर्देशन गर्नुभएको छ ।’

उनले नेकपा एकीकृत समाजवादी र कांग्रेससहित सबै दलसँग विश्वासको मत दिन गरिएको आग्रहमा सकारात्मक जवाफ पाएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?