काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वषौँदेखिको भ्रष्टाचारको फाइलहरु खोल्ने उद्घोष गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विभिन्न समयमा भएका भ्रष्टाचारको फाइल संसदले बोक्छ या बिसाउँछ ? भन्दै प्रश्न गरेका छन् ।
‘वर्र्षाैँदेखि भ्रष्ट्राचारको काण्ड मच्याएको अवस्थामा संसदले त्यो भारी बोकिरहन्छ कि बिसाउँछ ? भ्रष्ट्राचारका सम्पूर्ण फाइलहरु खोल्नका लागि मलाई विश्वास छ, लिखित रुपमा न्यूनमत साझा कार्यक्रममा राखेका छौँ ।’
साथै त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
त्यस्तै बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले आफूहरुलाई जनताले दिएको मत आशाको मत रहेको बताएका छन् ।
‘हामीलाई जनताले दिएको मत आशाको मत हो ।’ उनले भने ।
यसपटक नेपाली नेपालीलले पाएको मत न्यूनतम साझा कार्यक्रमका साथ सरकार अघि बढेको त्यही नै जनताको सम्मान रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया