मुख्यमन्त्रीका लागी शालिकराम जमकट्टेलले गरे दावी पेस

लोकपथ
0
Shares

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागी माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जमकट्टेलले दावी पेस गरेका छन् । जमकट्टेलले सोमबार ७० संसदको समर्थन सहित प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेस गरेका हुन् ।

उनले माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा दावी पेस गरेका हुन् । जमकट्टेलले माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?