संसदको पहिलो बैठकमै प्रतिनिधि सभाको विघटनको बचाउमा ओली

लोकपथ
91
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ महिनाअघि आफूले गरेको प्रतिनिधि सभा विघटनको बचाउ गरेका छन् ।

सोमबारबाट शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताए । उनले बेलायतमा प्रतिनिधिसभा विघटन भएको उदाहरण दिँदै उनले नेपालमा प्रतिनिधिसभा विघटन हुँदा गलत व्याख्या गरिएको दाबी गरे ।

प्रतिनिधि सभा विघटन हुँदा प्रतिगमन हुनेरे ।’ उनले भने, प्रतनिधि सभा विघटन हुनु प्रतिगमन होइन । जनताको अधिकार खोसिनु प्रतिगमन हो । त्यसो भए त बेलायतमा संसद विघटन हुन्छ त्यसो हो भने बेलायतमा अहिले पनि प्रतिगमन भइरहेको हो त ?’ ओलीले भने ।

संसदबाटै सरकार बन्ने र सदनबाटै सरकार ढल्नु प्रतिगमन नभएको भन्दै अहिलेको सरकारको समीकरण प्रतिगमनमा नजाने बताए ।

‘संसदबाट सरकार बन्नु र सरकार ढाल्नु प्रतिगमन होइन । अहिलेको समीकरण प्रतिगमनमा जाँदैन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?