काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न चुनौतीका बीच प्रतिनिधिसभा पूर्ण कार्यकाल चलेको बताएका छन् ।
सोमबारबाट शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै विभिन्न विकसित राजनीतिक घटनाक्रमकाबीच आफूहरूले प्रतिनिधिसभालाई जोगाएको बताए ।
‘आज भन्दा १८ महिना पहिले अप्रत्यासी घटनाक्रमपछि कांग्रेससहित दलहरु मिलेर संविधानको भावना अनुरुप प्रतिनिधिसभाको पूर्ण कार्यकाल बनायौँ ।’ उनले भने, ‘त्यसबीच धेरै चुनौती भए पनि प्रतिनिधिभाको पूर्ण कार्यकाल चल्न पायो ।’
त्यसैगरी अहिलेको संसदबाट जनताले धेरै आशा गरेको बताए ।
देउवाले आफ्नो नेतृत्वमा नेपालमै पहिलोपटक स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न भएको दाबी पनि गरे । उनले यो प्रतिनिधि सभाको कार्यकालले संविधानको रक्षा गर्न सक्नु पर्ने समेत बताए ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिँदै विशेष परिस्थितिमा १८ महिनाअघि प्रधानमन्त्री बन्ने अवसर आएकामा उक्त सरकार र गठबन्धनले संविधान जोगाएको दाबी गरे ।
नेपालको संविधान रक्षाको लागि आफू सदैव क्रियाशील रहने भन्दै देउवाले कांग्रेस यो प्रतिनिधिसभामा रचनात्मक र जिम्मेवार प्रतिपक्ष बन्ने प्रतिवद्धता पनि जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया