बस दुर्घटनामा ज्यान गुमाउने नेपालीलाई प्रधानमन्त्री प्रचण्डद्वारा श्रद्धाञ्जलि व्यक्त

लोकपथ
56
Shares

काठमाडौं । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटनामा तीन जना नेपालीले ज्यान गुमाएको प्रति प्रधानमन्त्री पुष्प कमल दहालले दुख व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेख्दै दुर्घटनामा परी ज्यान गुमाउने यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उक्त दुर्घटनामा तीन जना नेपाली सहित चार जनाको मृत्यु भएको थियो । घटनामा अन्य १७ जना घाइते भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?