दक्षिण सुडानी राष्ट्रपतिले सार्वजनिक स्थलमै जब पिसाब चुहाए (भिडियोसहित)

लोकपथ
312
Shares

एजेन्सी। दक्षिण सुडानका राष्ट्रपतिले एक सार्वजनिक कार्यक्रममा पाइन्टमै पिसाब चुहाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

दक्षिण सुडानी राष्ट्रपति साल्भा किरले एक सडक परियोजना उदघाटन समारोहको प्रमुख आतिथ्यता गर्दै सलामी लिइरहेका बेला अनायास पिसाब फुस्काएका हुन् ।

सन् २०११ मा सुडानसँग स्वतन्त्र भएयता लगातार राष्ट्रपति रहिरहेका किरले राष्ट्रिय गान बजिरहेकै बेला पाइन्टमै पिसाब फुस्काएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सहारा रिपोर्टर्सलाई उधृत गर्दै आएको समाचारको तस्वीर र भिडियोमा राष्ट्रपति किर एउटा सार्वजनिक समारोहमा राष्ट्रिय गानका लागि उभिएका हुन्छन् । त्यति नै बेला उनको पिसाब फुस्कन्छ । शुरुमा पत्तो नपाएका उनले थाहा पाउनेबित्तिकै पिसाब फुस्किएतिर निहुरिएर हेर्छन् ।

यस्तो लाजमर्दो घटना रोक्न कसैले पनि सक्दैनन्, किनकी उक्त कार्यक्रमको टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । ७१ वर्षीय राष्ट्रपति किर पिसाब रोक्न नसक्ने रोगबाट पीडित भएको मानिएको छ ।

हाम्रा देशमा पनि सत्ता नेतृत्वमा पुगेकाहरु सार्वजनिक कार्यक्रममै उँघेको, र्याल चुहाएको जस्ता घटनाबाट लज्जित बनिरहेका बेला त्यसलाई पनि माथ गर्ने गरी पिसाब नै फुस्काएको लज्जास्पद खबर सार्वजनिक भएको हो ।

आफ्नो स्वास्थ्य अवस्थाले साथ नदिँदा पनि सत्ता लालच त्याग्न नसक्दा नेताहरु विश्वस्तरमै कसरी लज्जित बन्न पुग्दछन् भन्ने यो अर्को दृष्टान्त बनेको छ ।

लाजमर्दो उक्त घटना भइरहँदा कार्यक्रममा भने सडक परियोजनामा लगानी गर्ने विदेशी दाता निकायका अधिकारीहरु, उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका उच्चपदस्थ अधिकृतहरु पनि साथमै थिए ।

राष्ट्रपतिले पिसाब फुस्काएको हेर्नुपर्दा उनीहरु पनि निकै लज्जित देखिन्थे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?