केन्द्रको निर्णयप्रति प्रदेश १ माओवादी असन्तुष्ट, तत्काल सरकारमा सहभागी नहुने

लोकपथ
104
Shares

काठमाडौं । केन्द्रीय नेतृत्वले भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि नेकपा (माओवादी केन्द्र) प्रदेश १ ले असन्तुष्टि जनाएको छ ।

असन्तुष्टि जनाउदैँ प्रदेश १ को माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेको छ ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले निर्णय पुनरावलोकन नभएसम्म सरकारमा सहभागी नहुने र आधा-आधा कार्यकाल हुनुपर्ने माग छ ।

एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नै मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनको शपथग्रहण छ । सरकारलाई दिएको समर्थन भने यथावत रहने आङ्बोले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?