प्रदेश नामाकरणलाई उच्च प्राथमिकता दिन्छु–नवनियुक्त मुख्यमन्त्री कार्की

लोकपथ
91
Shares

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश नामाकरणलाई उच्च प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेर सबैको सहमतिमा छिटो टुंग्याउने प्रयास गर्ने बताए ।

साथै उनले भोलि सबै दलको प्रतिनिधित्व हुने गरेर सरकार गठन गरिने पनि बताए । विश्वासको मत लिएपछि मात्रै थप प्रक्रिया अघि बढाउने पनि उनको भनाइ छ ।

सानो आकारको मन्त्रिमण्डल बनाउने जानकारी दिँदै उनले सकेसम्म सबै दललाई समेटिने बताएका हुन् ।

सुशासनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै उनले मन्त्रालय बढाउने नभई घटाउनेमा जोड दिइने बताए ।

प्रदेशमा आलोपालो मुख्यमन्त्री बन्ने निर्णय भएका सम्बन्धमा उनले केन्द्रबाट हुने पार्टी निर्णयअनुसार अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?