लक्ष्मी केयर्सको “ट्रिब्युट टु लिजेन्ड्स” श्रृंखलाको दोस्रो संस्करण

लोकपथ
78
Shares

लक्ष्मी बैंकको अन्तर्गतको गैरसरकारी सामाजिक संस्था लक्ष्मी केयर्सले दिग्गज गायक दीपक खरेलको सम्मानमा ६ जनवरी २०२३ मा “ट्रिब्युट टु लिजेन्ड्स” नामक सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा गायक खरेलले आफ्ना सुमधुर गितहरुले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रममा कर्पोरेट र व्यवसायिक जगतका करिब ३०० प्रतिष्ठित व्यक्तित्वहरू साथै जीवनका सबै क्षेत्रका संगीत प्रेमीहरूको उपस्थिति थियो। बैंकका अनुसार कार्यक्रमबाट भएको आम्दानी लक्ष्मी केयर अन्तर्गत सामाजिक कार्यमा खर्च गरिनेछ ।

लक्ष्मी केयर्सद्वारा आयोजित “ट्रिब्युट टु लिजेन्ड्स” श्रृंखलाको यो दोस्रो संस्करण थियो। पहिलो संस्करण सेप्टेम्बर २०१९ मा दिग्गज गायक श्री दीप श्रेष्ठको सम्मानमा आयोजना गरिएको थियो।

सन् २००८ मा स्थापना भएको लक्ष्मी केयर्स लक्ष्मी बैंकका कर्मचारीहरूद्वारा स्थापित एक गैरसरकारी संस्था हो जसले वातावरण संरक्षण, नवीकरणीय ऊर्जा प्रवर्द्धन, वित्तीय साक्षरता र बालिका शिक्षा जस्ता विषयमा केन्द्रित रहेर विभिन्न सामाजिक गतिविधिहरू संचालन गर्ने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?