नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुहोस् : राष्ट्रपति भण्डारी

लोकपथ
39
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्थाहरुले नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिनुपर्नेमा जोड दिएकी छन् । आईतबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) नेपालको तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लगानी गरेपछि उचित नाफाको अपेक्षा स्वभाविक भएपनि नाफासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिन आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन ‘स्वावलम्बी एव् आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पुँजी निर्माण र त्यसको विवेकशिल परिचालन अपरिहार्य छ । यसका लागि उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नुपर्नेछ ।’ स्वदेशी उत्पादन बढाएर आयात घटाउने र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

केही समय यता बैंकहरुले भोगिरहेको समस्याबारे आफू जानकार रहेको बताउँदै सम्बन्धित निकायलाई समस्या समाधानका लागि पहल गर्न पनि उनले आग्रह गरिन् । ‘समस्या समाधानका लागि सरकारले सहयोग गर्न जरुरी छ,’ उनले भनिन्,‘सरकार र निजी क्षेत्र एक अर्काको परिपुरक बन्नु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?