चौधरी ग्रुपको एक होटल लिलाम हुने प्रक्रियामा

एजेन्सी ।  चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा छ ।

रुवान्डामा रहेको उक्त होटलका शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो ।

रुवान्डाको एक अनलाइन न्यू टाइम्सले जनाए अनुसार बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र  पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको थियो । समाचारमा होटलले बैंकलाई एक करोड ८० लाख डलर ऋण तिर्न बाँकी छ भन्ने कुरा पनि उल्लेख छ ।

नेपालका धनाड्य विनोद चौधरीले रुवान्डाकै रोबर्ट वाफाकुलेरा र अलिखान कर्मालीसँग मिलेर उबुम्वे होटल खोलेका थिए । जिंक ब्रान्डअन्तर्गत त्यस होटललाई व्यवस्थापन गर्ने भनिएको थियो । तर, त्यसअनुरुप काम हुन नसकेको स्रोतहरुलाई उद्धृत गर्दै लेखेको छ । 

त्यसपछि हिल्टन ग्रुपले उक्त होटल व्यवस्थाप गर्ने कुरा सार्वजनिक भएको थियो तर शेयर सदस्यहरुबीच झन् विवाद बढेको समाचारमा जनाइएको छ ।

‘जिंक एन्ड फर्न’ चौधरी समूहको आफ्नै होटल ब्रान्ड हो ।

पछिल्लो समय केसीबी बैंक र चौधरी ग्रुपबीच समस्या समाधानको प्रयासमा बैठकसमेत बसेको थियो । तर, बैठकको निष्कर्ष सार्वजनिक भइसकेको छैन । अन्य शेयर सदस्यहरुले चौधरी ग्रुपको शेयर किन्ने कि नकिन्ने भन्ने पनि स्पष्ट भइसकेको छैन ।

रुवान्डा विकास बोर्डले पनि केसीबी बैंकले होटल लिलामी गर्ने जानकारी आफूलाई गराएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?