प्रदेश १ को मुख्यमन्त्रीमा कार्कीलाई समर्थन दिने माओवादी संसदीय दलको निर्णय

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलले प्रदेश नं. १ को मुख्यमन्त्रीका नेकपा (एमाले) लाई समर्थन गर्ने निर्णय गरेको छ । आज बसेको माओवादी संसदीय दलको बैठकले सत्तारुढ दलबाट नेकपा (एमाले) लाई मुख्यमन्त्रीमा समर्थन दिने निर्णय गरेको हो ।

माओवादीको समर्थनपछि नेता तथा प्रदेश १ का पूर्वमन्त्री हालका प्रदेश सांसद हिक्मतकुमार कार्की प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ । गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । कार्की हाल प्रदेश १ एमाले संसदीय दलका नेता समेत रहेका छन् ।

एमाले र माओवादीबीच मुख्यमन्त्री एमालेलाई र सभामुख माओवादीलाई दिने गरी सहमति भएको छ । अरु मन्त्रालय कसरी भागबण्डा गर्ने भन्नेचाहिँ अझै टुंग्गो भएको छैन ।

प्रदेश नं. १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ । तोकिएकै समय सीमाभित्र दाबी पेश गर्ने गरी छलफलमा जुटिएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?