प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नेपाल र यादव सकारात्मक

लोकपथ
26
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई विश्वासको मत दिन नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सकारात्मक भएका छन् ।

आज विहान प्रधानमन्त्री दाहालसँग भएको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव विश्वासको मत दिन सकारात्मक बनेका हुन् ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई नेतासँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिन गरेको आग्रहमा उहाँहरु सकारात्मक रहेको जानकारी दिएका हुन् ।

संवाददाताहरुसँग संक्षिप्त प्रतिक्रियामा प्रचण्डले भने, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि पर्सी २६ गते संसद बैठक आह्वान गरिएको छ ।

छलफल पछि जसपा अध्यक्ष यादवले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने प्रष्ट पारे । तर, नेपालले भने पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?