नेपाल आइपुगे चीनका नयाँ राजदूत चेन सङ

लोकपथ
35
Shares

काठमाडौं । नेपालका लागि चीनका नयाँ राजदूत चेन सङ काठमाडौं आइपुगेका छन् । काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार नवनियुक्त राजदूत सङ आइतबार काठमाडौं आइपुगेका हुन् ।

काठमाडौं आएपछि राजदूत सङले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसका विभिन्न आयाम रहेको उल्लेख गरेका छन् । नेपाल–चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?