प्रदेश १ : एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्दै

लोकपथ
39
Shares

विराटनगर । नेकपा एमाले नेता तथा प्रदेश १ का पूर्वमन्त्री हालका प्रदेश सांसद हिक्मतकुमार कार्की प्रदेश १ को नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

गठबन्धन दलहरु प्रदेश १ सरकारको नेतृत्व एमालेलाई दिन सहमत भएसँगै उनी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । कार्की हाल प्रदेश १ एमाले संसदीय दलका नेता समेत रहेका छन् ।

१ नम्बर प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समय सीमा आज साँझ ५ बजे सकिँदैछ ।

तोकिएकै समय सीमाभित्र दाबी पेश गर्ने गरी छलफलमा जुटिएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?