राष्ट्रपति भण्डारीद्वारा ‘मदन पुरस्कार पुस्तकालय’ को अवलोकन

लोकपथ
39
Shares
?????????? ?????????? ??????? ?????? ????????? ????????? ??????????? ?????? ????????? ?????? ???????? ???????? ??????? ?????? ??????? ?????? ‘????? ????’ ????????? ?????????? ? ?????? ? ???? ?????, ????

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय साझा बसमा सवार भएर शनिबार ललितपुरको पाटनढोका पुगी सो पुस्तकालय र ललितपुरमा नै रहेको पूरातात्विक तथा ऐतिहासिक महत्वको पिम्बहाल पोखरीको पनि रुचिपूर्वक अवलोकन गरेकी हुन् ।

त्यस अवसरमा उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले स्वागत गरेका थिए । पुस्तकालयको अवलोकन गर्ने क्रममा राष्ट्रपति भण्डारीले २०१५ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रको एक थान लिएकी थिइन् भने स्वास्थानी ब्रत कथा, गरुड पुराणलगायतका पुस्तकहरुको ब्रिफिङ रुचिपूर्वक सुनेको ललितपुर महानगरपालिकाका मेयर महर्जनले जानकारी दिए ।

उनले भने, ‘उहाँले स्वास्थानीको कितावदेखि लिएर गरुढ पुराणदेखि लिएर थुप्रै पुस्तकबारे उहाँलाई ब्रिफिङ गर्नुभयो । त्यसपछि उहाँले त्यसको ध्यानपूर्वक अवलोकन गर्नुभयो । उहाँले निकै चासो राखेर पढनुभयो । र, २०१५ सालको चुनाव हुँदा खेरीको चाँही नेपाल कम्युनिष्ट पार्टीको मेनेफेस्टो पनि त्यहाँ रहेछ । त्यो चाँही उहाँले एक कपी लिनुभयो ।’

उनले राष्ट्रपति भण्डारीले यहाँ आउने चाहना धेरै अघिदेखि गरेको बताए । ‘मदन पुरस्कार पुस्तकालय नेपालको निजी क्षेत्रको सबै भन्दा ठूलो र ८५ हजार भन्दाबढि पुस्तकहरुको अभिलेख व्यवस्थापन गरिएको निजी क्षेत्रद्वारा संचालित पुस्तकालय हो । यसको अवलोकन गर्ने राष्ट्रपति भण्डारीको यस अघिदेखिको चाहना रहेको र त्यो कोभिड लगायतका कारणले ढिलाई हुन गएको पनि मेयर महर्जनले भने ।’

यसैबीच, राष्ट्रपति भण्डारीले ललितपुरमै रहेको पिम्बहाल पोखरीको पनि अवलोकन गरेकी थिइन् । त्यस अवसरमा उनलाई मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले रचना गरेको धुन बजाएर सुनाइएको थियो भने उनले त्यसलाई ध्यानपूर्वक सुनेकी थिइन् ।

राष्ट्रपति भण्डारीले ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती पाउने अवस्था नआओस् भनेर शनिबार बिदाको दिन पारेर सो पुस्तकालय र पोखरीको अवलोकन गरेको मदन पुरस्कार पुस्तकालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?