जुरो हल्लाएर सिंगौरी खेल्ने होइन, देश र जनताको निम्ति काम गरौँ : ओली

लोकपथ
221
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भईरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले कांग्रेससँग पनि वार्ता गर्ने, एमालेसँग पनि वार्ता गर्ने, जसपासँग पनि वार्ता गर्ने भनेर सो पार्टीले कस्तो राजनीति गरिरहेको हो भनि प्रश्न समेत गरे । पार्टीका सांसदहरुका लागि शनिबारबाट संसद भवन नयाँ बानेश्वरमा सुरु भएको अभिमूखिकरण कार्यक्रममा बोल्दै उनले एमाले र जसपालाई उस्तै देख्ने नेकपा एसको दृष्टिकोणबाट आफू अचम्ममा परेको समेत बताए ।

नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीको जति अडान र राजनीतिक दृष्टिकोण समेत नेकपा एसले लिन नसेकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले मोहनविक्रम सिंह नेतृत्वको राष्ट्रिय जनमोर्चाको बेहाल अवस्था रहेको प्रतिक्रियासमेत दिए । अध्यक्ष ओलीले भने, ‘हिजो कमीकमजोरी गरेका साथीहरुले पनि अब त्यो कुरालाई दोहो¥याउने छैनन् ।

अवश्यनै । यसले उहाँहरुलाई पनि फाईदा भएन । माओवादीले कांग्रेस बोकेर के भयो, ३६ सिट जितेको थियो, १८ मा झ¥यो । २३ सिट जितेको कांग्रेसलाई ५७ पु¥याई दियो । फाइदा के भयो ? कांग्रेसले दिने त केही होइन रहेछ । हामीबाट छुटेर गएकाहरु टर्च बालेर खोज्नुपर्छ भन्नेहरु राष्ट्रिय पार्टीको हैसियतमा छैनन् ।

बुझ्न प¥यो नि अब त । अब जुरो हल्लाएर काम छैन । त्यसकारण जुरो हल्लाउने, सिंगौरी खेल्ने होइन, शुरुशुरु देश र जनताको निम्ति काम गरौं । हाम्रो आग्रह सबैसँग छ ।’ ओली अब देशका लागि काम गर्ने बेता भएको बताए । हिजोअस्ती पोलिटब्यूरो स्थायी कमिटी बैठक एस भन्ने पार्टीको बस्यो । पहिलेको यो परिवर्तन ठीक छ ।

देश र जनताको पक्षमा यो परिवर्तन भएको छ । यो अहिलेको नयाँ सरकार ठीक छ भन्ने पनि फैसला गर्न सकेन । एमालेसँग एकता गर्छ पनि भन्छ पाए । पाए माओवादी केन्द्रसँग गर्छु भन्छ । जसपासँग पनि वार्ता गरिरहेको छ । जसपा र एमालेलाई उस्तैउस्तै देख्छ । जसपा भएपनि यो त अचम्मै भो क्या ।’

अध्यक्ष ओलीले उद्देश्य नभएको राजनीति आफ्नो पार्टीले नगर्ने भन्दै चुस्त भएर अघि बढन पनि पार्टीका सांसदहरुलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?