अब स्थानीयतहमै शेयर कारोबार गर्न ब्रोकर कम्पनी खोलिने

काठमाडौं : सरकारले पूँजीबजारलार्इ थप विस्तार गर्नका लागि स्थानीयतहहरूमा पनि ब्रोकर कम्पनी खोल्ने भएको छ । पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले अब उपत्यका बाहिरका ब्रोकर कम्पनीहरूलार्इ पनि लार्इसेन्स वितरण गर्न लागेको छ।

बोर्डले संघीय संरचनाअनुसार धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्ने कार्य अघि बढाउने सम्बन्धमा नेपाल स्टक एक्सचेञ्जलार्इ स्थानीय तहमा ब्रोकर लार्इलेसन्स प्रदान गर्न निर्देशन दिएको हो । 

परीक्षामार्फत शेयर कारोबार गर्ने ब्रोकर कम्पनी छनोट गरि अन्तिम स्वीकृतिका लागि पठाउन बोर्डले नेप्सेलार्इ निर्देश गरेको छ । अब काठमाडाैं उपत्यकामा भने नयाँ ब्रोकर लार्इसेन्स खुला नगर्ने र अावश्यकताका अाधारमा हरेक जिल्लामा ब्रोकर कार्यालय खुलाउन सकिने बोर्डले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?