धनुषा । मधेस प्रदेशमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नयाँ सरकार गठनका लागि सात दिनभित्र दाबी पेश गर्न आह्वान गरेका छन् ।
प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु¥याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुकी ४ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका हुन् ।
मधेस प्रदेशसभामा १०७ सांसद छन् । सरकार बनाउन बहुमतका लागि ५४ सांसदको समर्थन चाहिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया