काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेका छन् ।
शुक्रबार अपरान्ह पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको बैठकपछि सो कुरा बताएका हुन् ।
कांग्रेसले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेको विषयमा राखेको जिज्ञासामा उनले भने, ‘नेपाली कांग्रेस तत्काल नजाने गाउँको बाटो सोधिरहेको छैन र कसैलाई अघि लाग है भनेर पनि भनिरहेको छैन ।’
त्यसैगरी कांग्रेसले प्रतिपक्षीको भूमिका पाएको अवस्थामा अरुलाई अघि सार्ने र आफू अघि बढ्ने कुनै कुरा नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया