२० मङ्सिर २०८०, बुधबार

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

२०७४,कार्तिक,५,आईतवार ०२:१८

0
Shares

बाँके, ५ कात्तिक – बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।जिल्लाको जानकी गाउँपालिकाको गनापुरस्थित बागेश्वरी सिमेन्ट उद्योगमा एकजना कामदारको मृत्यु भएको हो । उद्योगमा मेसिन जडान गर्ने क्रममा माथिल्लो तलाबाट मेसिन खस्दा नवलपरासीको परासी नगरपालिका–९ का २५ वर्षीय सन्दीप जुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।मेसिनमाथिबाट खस्दा गम्भीर घाइते जुवालको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए ।यसैबीच सडक दुर्घटनामा परी बाँकेमै एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।जिल्लाको वैजनाथ गाउँपालिका–५ रङ्गिला चोकमा भे४प ६८६० नंको मोटरसाइकल राति १२ बजे दुर्घटना हुँदा दैलेख नारायणपुर–९ बासकोटका १९ वर्षीया मंगला सुनारको मृत्यु भएको छ ।प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो ।मोटरसाइकल चालक वैजनाथ–५ का २७ वर्षीय सुजन रावत गम्भीर घाइते भएका छन् । घाइते सुनारको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।यसैबीच वैजनाथ गाउँपालिकाको रङ्गिला चोक नजिकै एकजना मृतावस्थामा फेल परेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । घटनास्थलतर्फ प्रहरीको टोली परिचालन गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,५,आईतवार ०२:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार