काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।
केहीबेरअघिदेखि देउवा निवास धुम्बाराहीमा छलफल जारी रहेको छ ।
कुनै पनि विषय नखुलाई दुइ उपसभापति र दुई महामन्त्रीलाई बोलाइएको एक नेताले लोकपथलाई जानकारी दिए ।
‘दुई महामन्त्री र दुई उपसभापतिलाई आकस्मिक बोलाएर छल फल शुरु भएको छ ।’ ती नेताले लोकपथलाई भने ।
भोलि बस्ने संसदीय दलको बैठकको एजेण्डाबारे समेत छलफल हुने बुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया