काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धेरै विश्लेषण गरेर मात्रै सरकारलाई विश्वासको मित दिने बारेमा निर्णय लिनुपर्ने अवस्था रहेको बताएका छन् ।
सरकार कुन ढंगले अगाडि बढछ ? त्यसलाई हेरेर मात्रै उसलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाई थियो ।
शुक्रबार सर्वदलीय बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले व्यक्तिगत रुपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणा समेत राखेका हुन् ।
अध्यक्ष नेपालले भने, ‘एमालेसँग एकता गर्ने विषयमा मलाई कसैले पनि केही भनेको छैन । व्यक्तिगत भावना राख्नेहरुको बेग्लै कुरा भयो । मप्रति सदभाव राख्नेहरुको कुरा बेग्लै हो । सदभाव राख्नेहरु सबैलाई धन्यवाद छ । भावना राम्रो हुनु आफ्नो ठाउँमा छ । तर त्यो भावना निजात्मक भईदियो भने त्यसको कुनै अर्थ नहुँदो रहेछ । त्यसकारण तपाईहरुले भनेजस्तो कुनै ठोस कुराहरु भएका छैनन् । जुन गाउँ जानु छैन । जब कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा त अगाडि बढिन्छ नै । अव यसमा जो जो इच्छुक हुनुहुन्छ, उहाँहरुसँग हामी हातेमालो गर्छौं । अव विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं । व्यक्तिगत रुपमा प्रचण्डजीप्रति मेरो पोजेटिभ नै धारणा छ । जहाँसम्म सरकार कुन ढंगले अगाडि बढछ, त्यो हेरिकन हामी टुंगो गर्छौं । सरकारलाई विश्वासको मत दिन हामीेले त धेरै विश्लेषण गर्नुपर्छ । विश्लेषण गरेर बल्ल टुंगोमा पुग्नु पर्छ ।’
अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने विषयमा ठोस प्रस्ताव नआएको पनि स्पष्ट पारे । उनले इच्छुक पार्टीहरुसँग मात्रै आफ्नो पार्टीले हातेमालो गर्दै जाने नीति लिएको समेत बताए । अध्यक्ष नेपालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग भने एकताको लागि तत्काल वार्ता प्रक्रिया सुरु गर्ने बताए ।
अन्य साना वामपन्थी दलहरुसँग पनि एकता र सहकार्यका लागि अघि बढने उनले बताए। अध्यक्ष नेपालले भने, ‘हामी अव पार्टी निर्माण गर्ने अभियानमा जुटने हो । पार्टीलाई सुदृढ गर्ने र विस्तार गर्ने राष्ट्रव्यापी अभियान लिएर अघि बढछौं । हाम्रो फोकस भनेका जनताका इस्यूहरु, राष्ट्रका इस्यूहरु उठान गर्ने कुरामा केन्द्रित हुनेछ । र, एउटा राम्रो पार्टी, क्रान्तिकारी र अरु भन्दा भिन्न पार्टी निर्माण गरेर जनताको आशा भरोसाको रुपमा अघि बढनुपर्छ भनेर हामीले पहिला पनि संकल्प गरेको थियौं । विद्रोह पछि पार्टी निर्माण गरेपछि एक पछि अर्को निर्वाचनमा होमिनु प¥यो । निर्वाचनको क्रम सकिएपछि अव हामीसँग समय छ । देशव्यापी रुपमा जुन हाम्रो शक्ति छ । संगठन छ । त्यो शक्ति र संगठनलाई राम्रो ढंगले व्यवस्थित गर्नेछौं । विचार मिल्नेहरुसँग, नीति मिल्नेहरुसँग, विधि मिल्नेहरुसँग एकता पनि गर्दै अगाडि बढनेछौं । विचार मिल्नेहरुसँग प¥यो भने हामी मोर्चा बनाएर पनि जान सक्नेछौं । त्यसको निम्ति अव को को पार्टीहरु आउँछन रु त्यो हामी हेर्दैछौं । अहिले हामीले जनता समाजवादी पार्टीसँग हामी वार्ताको प्रक्रिया आरम्भ गर्नेछौं । त्यहाँ पहिले विषयबस्तुको बारेमा छलफल हुनेछ । विषयबस्तुको बारेमा छलफल भईसकेपछि सहकार्यका प्रक्रियादेखि लिएर पार्टी एकताको प्रक्रियासम्म हाम्रा कुराकानीहरु हुनेछन । र, तदनुरुपनै विभिन्न दलहरु छन । अहिले धेरै साना वामपन्थी दलहरु पनि छन । ती सबैसँग पनि हामी विभिन्न हिसावले कुराकानी गर्नेछौं । चिठी पठाएर गर्ने हो कि रु फोन संवादबाट गर्ने हो कि । जो हामीप्रति पोजेटिभ छन । तिनीहरुसँग हामी पोजेटिभली जान्छौं, जो हामीसँग नेगेटिभ छन । तिनीहरुसँग हामी पनि वास्ता गर्दैनौं । जुन गाउँ जानै छैन, त्यसको बाटो नै नसोध्नू ।’
अध्यक्ष नेपालले पार्टीलाई सुदृढ र विस्तार गर्दै जनताको इस्यूलाई उठान गरेर अघि बढने काममा आफ्नो पार्टीको ध्यान जाने पटकपटक दोहो¥याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया