काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत थम्पसन आज सिंहदरबारस्थित अर्थमन्त्रालयमा मन्त्री पौडेललाई बधाई दिन पुगेका थिए ।
भेटमा मन्त्री पौडेलले पनि नेपालका राजदूत भएर आएकोमा थम्पसनलाई बधाई दिएका थिए । उनीहरुबीच द्वीपक्षीय चासो र पारस्परिक साझेदारीका लागि प्रतिबद्धता पनि व्यक्त भएको अर्थमन्त्रालयले जनाएको छ । राजदूत थम्पसन तीन महिना पहिले मात्रै काठमाडौंस्थित दूतावासमा जिम्मेवारी सम्हाल्न आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया