पुस २७ गते बिदा दिनेबारे न्यूनमत साझा कार्यक्रमको मस्यौदा प्रतिवेदनमा समावेश

लोकपथ
84
Shares

काठमाडौं । न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रतिवेदनमा पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने विषय समेटिएको छ ।

आज बसेको सत्ता साझेदार दलहरुको मस्यौदा तयारी समितिको बैठकले तयार पारेको प्रतिवेदनमा सो विषयले प्रवेश पाएको हो ।

राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने र पुस २७ मा बिदा दिनुपर्ने अडान राखिरहेको छ।

कार्यदल सदस्य रहेका राप्रपा महामन्त्री धवलशम्शेर राणाले पृथ्वी जयन्तीमा बिदा दिने विषय न्यूनतम साझा कार्यक्रममा समेटिएको बताएका छन् ।

jkतर शीर्ष नेताहरुले छलफल गरेपछि मात्रै उक्त निर्णय लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?