पुस २८ भित्र मधेश प्रदेश सरकार गठन गर्न आह्वान

लोकपथ
65
Shares

काठमाडौं । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गरेका छन् ।

शुक्रबार विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख मिश्रले आगामी पुस २८ गते अपरान्ह ४ बजेसम्म सरकार गठनका लागि आह्वान गरेका हुन् ।

संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको हो ।

मधेश प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरि १०७ सदस्य रहेका छन् । जसमा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९–९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन् ।

उक्त प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत नभएकोले दुई वा दुई भन्दा बढी दलहरु मिलेर सरकार बनाउने विकल्प देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?