काठमाडौं । माघ ९ गतेभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने सहमति भएको छ ।
शुक्रबार नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकमा सो सहमति गरेको हो ।
बैठकपछि बोल्दै कांग्रेस मुख्य सचेतक रमेश लेखकले सो कुरा जानकारी गराएका हुन् ।
‘संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको छ’, लेखकले भने, ‘माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुख चयन गर्नेगरी लगभग सहमति जुटेको छ ।’
आगामी पुस २५ गते बस्ने संसदको पहिलो बैठकको एजेण्डाबारे छलफलका लागि बैठक बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया