काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले तयार गरेको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमको मस्यौदामा ‘निरोगी नेपालः स्वस्थ नागरिक’ नारालाई अघि सारिएको छ ।
जसअनुसार निरोगी नेपालको अवधारणा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको कार्यान्वयन सुनिश्चित गर्ने उल्लेख छ ।
५ वर्षमा मासिक ज्याला न्यूनगम २५ हजार, ६० लाखलाई सामाजिक सुरक्षा भत्ता
सरकारले आगामी ५ वषृमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्ने भएको छ ।
ज्येष्ठ नागरिक, दलित, एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख जाति तथा लक्षित वर्ग र क्षेत्रका बालबालिका गरी पाँच वर्षमा ६० लाखले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गर्ने भएको छ ।
सरकारको नीतिगत प्राथमिकता र कार्यक्रममा गर्भावस्तामा पोषण र स्वास्थ्य परीक्षण, बाल्यावस्थामा बालसंरक्षण अनुदान, विद्यालय उमेरमा निःशुल्क शिक्षा र दिवास खाजा, वयस्क उमेरमा कामको ग्यारेन्टी र न्यूनतम ज्याला तथा वृद्ध अवस्थामा सामाजिक सुरक्षा भत्ताको प्रबन्ध गरी हरेक व्यक्तिलाई गर्भावस्थादेखि वृद्धावस्थासम्म राज्यद्वारा सुरक्षा दिने प्रतिबद्धता जनाइएको छ ।
यस्तै आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गर्ने र पाँच वर्षको अवधिमा न्यूनतम ज्याला मासिक २५ हजार पुर्याउने सरकारले प्रतिबद्धता जनाएको छ ।
यस्तै वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने, समस्यामा परेकाहरुको उद्दार गर्ने जस्ता प्राथमिकता र प्रतिबद्धता पनि सरकारको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया