हिन्दी भर्सनमा २.० ले अहिलेसम्म कति कमायो ?

एजेन्सी रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० को हिन्दी भर्सनले पहिलो ओपनिङ विकेन्डमा ९५ करोड भारतीय रुपैयाँ कमाई गरेको छ ।

फिल्म गत विहीबार रिलिज भएको थियो ।

पहिलो दिन १९.५० करोड कमाएको फिल्मले शुक्रबार १७.५० करोड कमाउन सफल भयो ।

यस्तै शनिबार २४ करोड कमाएको फिल्मले आइतबार ३४ करोड कमाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?