‘अरु दलसँग सहकार्य गर्दा कांग्रेसले कति फाइदा र क्षती बेहोर्‍यो जवाफ चाहिन्छ’ (प्रतिवेदनसहित)

लोकपथ
112
Shares

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन अनुमगन तथा अनुशासन समितिले पार्टीले फरक एजेण्डा बोकेका दलहरुसँग सहकार्य गरेर निर्वाचनमा जाँदा पार्टीले के कति फाइदा वा क्षती व्यहोर्यो त्यसको जवाफ माग गरेको छ ।

बिहीबार आनन्दप्रसाद ढुंगाना संयोजक रहेको समितिले पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा उल्लेख गर्दै जवाफ माग गरिएको हो ।

छुट्टा–छुट्टै राजनैतिक, सामाजिक र आर्थिक एजेण्डा बोकेका राजनीतिक दलका आ–आफ्नै रणनीति, कार्यनीति भएको हुँदा म अन्य दलहरुसँगको सहकार्यले नेपाली कांग्रेसलाई पुगेको फाइदा घाटाका विषयमा जवाफ मागिएको हो ।

‘लोकतान्त्रिक पद्दति विकास सुरुवाती चरणमा रहेको वर्तमान अवस्थामा छुट्टाछुट्टै राजनैतिक सामाजिक र आर्थिक एजेन्डा बोकेका राजनीतिक दलका आ–आफ्नै नीति, कार्यनीति भएको हुँदा अन्य दलसँगको सहकार्यले नपोली कांग्रेसलाई के – कति फाइदा वा क्षति भयो ?कार्यकर्तालाई यसको जवाफ दिनुपर्ने’ प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी आगामी दिनमा कांग्रेसले पार्टीको स्पष्ट राजनीतिक, सामाजिक र आर्थिक एजेण्डा आ–आफ्ना कार्यकर्तामार्फत आम नागरिक समक्ष पुर्याउनेबारे धारणा निर्माण गर्न समेत सुझाव दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?