उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूत थम्पसबीच भेटघाट

लोकपथ
91
Shares

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसबीच भेटघाट भएको छ ।

शुक्रबार दिउँसो मन्त्री श्रेष्ठ र राजदूत थम्पसबीच भेटघाट भएको हो ।

भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार आदानप्रदान गर्नुका साथै नेपाल र अमेरिकाको ७५ वर्ष लामो मित्रतालाई उजागर गरेका थिए ।

त्यस्तै राजदूत थम्पसले उपप्रधानमन्त्री श्रेष्ठलाई कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?