निराकार पाण्डेको शव सरकारले नेपाल ल्याउने, अरु के–के भयो निर्णय ?

लोकपथ
35
Shares
????????? ????????????? ???????? ????? ‘???????’ ??? ????????? ?????????? ?????? ????????????? ???????? ??????????? ????? ??????????????? ????? ?????? ?????? ????????? ? ??????? ????????? ????÷????

काठमाडौं । सरकारले कम्बोडियाको एक होटलमा आगलागी हुँदा मृत्यु भएका झापा विर्तामोड–१ निराकार पाण्डेको पार्थिव शरीर ल्याउन लाग्ने सबै खर्च व्यहोर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सोसहित अन्य निर्णय गरेको छ ।

‘कम्बोडियास्थित होटलमा आगलागी हुँदा मृत्यु भएका विर्तामोड नगरपालिका–१ झापाका निराकार पाण्डेको पार्थिव शरीरलाई नेपाल ल्याउन लाग्ने खर्च नेपाल सरकारले व्यहोर्ने ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी मंसिर ४ को निर्वाचनका बेला बाजुरामा गोली चल्दा मृत्यु भएका संजीव ऐडी र चेतनदीप ऐडीको परिवारलाई आर्थिक सहयोग पुर्याउने निर्णय समेत गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले पोखरा अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, कास्कीको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृती प्रदान गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको राष्ट्रिय सभा सदस्य पद पूर्तिका लागि माघ २५ गते निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?