काठमाडौं । चलचित्र ‘समर लभ’ को रिलिज मिति नजिक आउँदै गर्दा चलचित्र ‘समर लभ’ ले प्रचारमा सहयोग पुग्ने उद्देश्यले पहिलो गीत सार्वजनिक गरेको छ । ‘साया’ बोलको गीतमा फिल्मका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीले अभिनय गरेका छन् ।
आशिष र रेवती दुवैका लागि यो फिल्म डेब्यु फिल्म हो ।
सुविन भट्टराईको लोकप्रिय उपन्यास ‘समर लभ’ मा आधारित यो उपन्यासलाई सामीप्यराज तिमिल्सिनाले पटकथामा ढालेका हुन् । सार्वजनिक गीतमा पुष्पन प्रधानको स्वर सुन्न सकिन्छ । यस्तै बानिका प्रधानले गीतमा पुष्पनलाई साथ दिएकी छिन् ।
भ्यालेनटाइन डेको अवसर पारेर माघ २५ मा सार्वजनि हुने यो सिनेमाले टिजर सार्वजनिक भएसँगै चर्चा कमाउन थालेको थियो । सिनेमालाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।
आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, सरोज खनाल, ओम प्रतीक, नम्रता सापकोटा लगायतका कलाकारले अभिनय गरेको यो फिल्मलाई नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
चलचित्रलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया