न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

लोकपथ
14
Shares

काठमाडौं । न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दैछ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको बैठक बिहान १२ बजेपछि बस्ने भएको हो । बैठकले न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिने बताइएको छ ।

न्यूतम साझा कार्यक्रममा सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिन र न्यायिक सुधारका लागि उच्चस्तरीय आयोग गठन, भ्रष्टाचार नियन्त्रण र सुशासन, छिटोछरितो सरकारी सेवा लगायतका विषय समेट्ने तयारी छ ।

यसअघि पहिलो चरणमा सत्ता साझेदार दलका नेताहरुले आ–आफ्नो तर्फबाट न्यूतम साझा कार्यक्रममा समेटिनुपर्ने विषय प्रस्तुत गरेका थिए । तिनै विषयवस्तुलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?